Kathmandu Press

रोहिंग्या शरणार्थी शिविरमा आगलागी, १५ को मृत्यु, चार सयको अवस्था अज्ञात

कक्स बजारस्थित बालुखाली शिविरमा मंगलबार भएको आगलागीमा कम्तिमा १५ जनाको मृत्यु भएको छ।
रोहिंग्या शरणार्थी शिविरमा आगलागी, १५ को मृत्यु, चार सयको अवस्था अज्ञात

ढाका, चैत १० : बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भिषण आगलागी भएको छ।

कक्स बजारस्थित बालुखाली शिविरमा मंगलबार भएको आगलागीमा कम्तिमा १५ जनाको मृत्यु भएको छ।

आगलागीमा परेका करिब चार सयजनाको अवस्था अज्ञात रहेको संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायोग (यूएनएचसीआर) उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

यूएनएचसीआरका अनुसार आगलागीबाट पाँच सय ६० जना घाइते भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्। यो घटना ठूलो र विनाशकारी भएको यूएनएचसीआरले उल्लेख गरेको छ।

आगलागीबाट १७ हजार टहरा जलेर नष्ट भएका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको बंगलादेशी अधिकारीहरूले बताएका छन्।
 
प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्