माग पूरा भएपछि सरकारमा जान्छौंः महतो
काठमाडौं, चैत १० : जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले माग पूरा भएमा सरकारमा जाने बताएका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी...
काठमाडौं, चैत १० : जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले माग पूरा भएमा सरकारमा जाने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी भएर संसद् भवनबाट निस्किँदै गर्दा सञ्चारकर्मीसँग कुराकानी गर्दै माग पूरा भएमा सरकारमा जाने बताएका हुन्। उनले पहिले माग पूरा हुनुपर्ने बताए। महोताले भने, ‘सरकारमा जाने–नजाने विषयमा पार्टीले निर्णय गर्छ। माग पूरा भएपछि जाने वा नजाने त्यतिबेला सोचौंला।’
उनले मधेशका मागमा जो इमान्दार भएर आयो उसैलाई सहयोग गर्ने पनि बताए। ‘जो इमान्दार भएर आउँछ उसलाई सहयोग गर्ने हो। इस्युसँग जो उभिन्छ, उसलाई सहयोग गर्ने हो,’ महतोले भने।
अहिले सरकारले माग पूरा गर्न बचन दिएको उनको भनाइ थियो। काम गर्ने वा नगर्ने हेर्नुपर्ने बताए। मंगलबार दिउसो जसपा नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री ओलीले सरकारलाई सघाउन आग्रह गरेका थिए।
जसपाले सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधनलगायतका माग राखेको छ। माग सम्बोधन गर्ने दललाई सरकार बनाउन सघाउने बताउँदै आएको छ।











