स्वदेश फर्किइन राष्ट्रपति भण्डारी
काठमाडौं, चैत १० : राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएकी छिन्। राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
काठमाडौं, चैत १० : राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएकी छिन्। राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी हुन्।
राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।
राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदसँग सोमबार बेलुका दुईपक्षीय भेटवार्ता गरेकी थिइन् । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदान प्रदान भएको थियो ।
बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुगेकी थिइन् ।
राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बंंगलादेश सम्बन्ध र बंगगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन् ।











