अन्तरकलेज खो खो हुने
काठमाडौं, चैत १० : काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा...काठमाडौं, चैत १० : काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा १० कार्यालयको संयुक्त आयोजनामा अन्तरकलेज खो खो प्रतियोगिता चैत २० गतेदेखि सुरु हुने छ।
कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा हुने प्रतियोगितामा छात्र-छात्रामा समान ५–५ टिम सहभागी हुने छन् । प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ । लिगका शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन् ।
२०४६ सालको जन आन्दोलनको क्रममा चैत २० गते मृत्युवरण गरेका शहिद राजेन्द्र महर्जन, राजमान माली, हीराकाजी महर्जन र लनबहादुर महर्जनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल खो खो संघको प्राविधिक सहयोग रहने छ । प्रतियोगिता दुई दिनसम्म चल्ने छ।
प्रकाशित मिति: १७:४० बजे, मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











