Kathmandu Press

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

काठमाडौं, चैत १० : चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्सको बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको...
स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

काठमाडौं, चैत १० : चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्सको बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० जहाज चैत १५ गते बेइजिङ जाने छ।

जहाज १५ गते साँझ ५ः३० बजे काठमाडौंबाट बेजिङ प्रस्थान गर्नेछ भने १६ गते राति  ८ः३५ बजे विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ । सो जहाजले ८ लाख कोभिडविरुद्ध खोपल लगायका सामग्री ल्याउने छ।

चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनले सहयोग स्वरुप दिन लागेको कोभिड–१९विरुद्धको ‘भेरासेल’ खोपलगायत अन्य स्वासथ्य सामग्री ल्याउने निर्णय गरेको थियो।

बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौं–बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उडड््यन मन्त्रालयसँग समन्वय भइरहेको निगमले जनाएको छ।

निगमको ए ३३० जहाज काठमाडौँ–बेजिङ–काठमाडौँ उडान कूल ब्लक १२ घण्टा पाँच मिनेट रहनेछ । निगमले कोभिडविरुद्धको खोप लिन पहिलो पटक उडान गर्न लागेको हो । निगमको जहाजले यसअघि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्