Kathmandu Press

जर्मनीमा १८ अप्रिलसम्म लकडाउन

कोभिड–१९ महामारीको तेस्रो लहर फैलिरहेकाले जर्मनी सरकारले आफ्ना नागरिकलाई इस्टरको विदामा पाँच दिनसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।
जर्मनीमा १८ अप्रिलसम्म लकडाउन

बर्लिन, चैत १० : जर्मनीले १८ अप्रिलसम्म लकडाउन बढाउने भएको छ।

कोभिड–१९ महामारीको तेस्रो लहर फैलिरहेकाले जर्मनी सरकारले आफ्ना नागरिकलाई इस्टरको विदामा पाँच दिनसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।

चान्सलर एन्जेला मार्केलले पत्रकार सम्मेलनमा मुलुक मूल रूपमा कोरोनाको नयाँ प्रकार देखिएको बताइन्। ‘लकडाउन बढाउनुको कारण कोरोनाको नयाँ प्रकार मुख्य हो, जो भिन्दै प्रकारको, अझ घातक र संक्रामक छ,’ उनले भनिन्।

जर्मनीले मार्च पहिलो सातादेखि सावधानीपूर्वक प्रतिबन्धहरू खुकुलो बनाउँदै लगेको थियो। तर, भाइरसको नयाँ  प्रकार बढी फैलिरहेकाले लकडाउन बढाएको हो।

यस साता एक लाखजनामा गरिएको परीक्षणमा एक सय सात जनामा कोरोनाको नयाँ प्रकारको संक्रमण देखापरेको छ।
 

प्रकाशित मिति: १४:१७ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्