बसको ठक्करबाट युवतीको मृत्युपछि कैलालीको लम्की तनावग्रस्त
बसको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त बनेको छ।
धनगढी, चैत १० : बसको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त बनेको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। गोली लागेर दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान लम्कीबाट टीकापुरतर्फ जाँदै गरेको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो। त्यसपछि स्थानीय बासिन्दा आन्दोलित भएका हुन्।
उनीहरूले राजमार्ग अवरुद्ध पारेका छन्। प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय लम्कीमा घेराउ र ढुंगामुढा प्रहार गरेका छन्।
ठक्कर दिने बस र चालक पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











