Kathmandu Press

अमेरिका, ईयू, बेलायत र क्यानाडाले चिनियाँ अधिकारीमाथि लगाए प्रतिबन्ध

चीनको सिन्जियाङमा मानव अधिकार उल्लंघनमा संलग्नता आरोपमा चार चिनियाँ अधिकारीलाई अमेरिका, युरोपियन युनियन, बेलायत र क्यानाडाले प्रतिबन्ध घोषणा गरेका छन्।
अमेरिका, ईयू, बेलायत र क्यानाडाले चिनियाँ अधिकारीमाथि लगाए प्रतिबन्ध

काठमाडौं, चैत १० : चीनको सिन्जियाङमा मानव अधिकार उल्लंघनमा संलग्नता आरोपमा चार चिनियाँ अधिकारीलाई अमेरिका, युरोपियन युनियन, बेलायत र क्यानाडाले प्रतिबन्ध घोषणा गरेका छन्।

बेल्जियमको ब्रसेल्समा ईयू र नाटोका अधिकारीहरूसँगको बैठकअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विज्ञप्तिमार्फत बढ्दो अन्तर्राष्ट्रिय आलोचनाबीच चीनले सिन्जियाङमा जातीय संहार र मानवताविरूद्ध अपराध गरिरहेको बताएका थिए।

Hardik ivf

क्यानाडाको विदेश मन्त्रालयले चिनियाँ अधिकारीहरूले प्रणालीगत र राज्यको अगुवाइमा मानवअधिकार उल्लंघन गरेको प्रमाण फेला परेको बताएको छ।

युरोपियन युनियनले चिनियाँ सुरक्षा निर्देशक र एक संस्थासहित चार चिनियाँ अधिकारीमाथि सोमबार प्रतिबन्ध घोषणा गरेको हो। त्यसलगत्तै बेलायत र क्यानाडाले पनि प्रतिबन्ध घोषणा गरेका हुन्। उनीहरूमाथि यात्रा प्रतिबन्ध र सम्पत्ति जफतसहितको प्रतिबन्ध लगाइएको छ।

बेलायतका विदेश मन्त्री डोमिनिक राबले विइगर्स मुसलमान समुदायमाथि जारी कारवाहीले सबैभन्दा आधारभूत मानव अधिकारको हनन हुने त्रास निम्त्याएको बताए।
 

प्रकाशित मिति: १३:४६ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्