प्रतिनिधि सभा बैठक सुरु
काठमाडौं, चैत १० : प्रनिनिधि सभाको बैठक सुरु भएको छ। बैठक १ बजे सुरु भएको हो ।बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित...
काठमाडौं, चैत १० : प्रनिनिधि सभाको बैठक सुरु भएको छ। बैठक १ बजे सुरु भएको हो ।
बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट संवैधानिक आयोगका बार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची राखिएको छ ।
यस्तै‚ न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६(७७ र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६(७७ को वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि वार्षिक प्रतिवेदन पनि पेश हुने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।
प्रकाशित मिति: १३:२० बजे, मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











