इजरायलमा दुई वर्षमा चौथो पटक संसदीय चुनाव
जेरुसलेम, १० चैत : इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मंगलबार सुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन...
जेरुसलेम, १० चैत : इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मंगलबार सुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो।
इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसदमा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उनले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा दिएका छैनन् । उनीमाथिको मुद्दा हाल अदालतमा विचाराधीन छ। तर, प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्यहरु नगरेको दाबी गर्दै आएका छन्।
चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १२:५३ बजे, मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












