Kathmandu Press

अमेरिकाको कोलोराडोमा बन्दुकधारीद्वारा १० जनाको हत्या

अमेरिका कोलोराडोस्थित बोल्डर सहरको एक सुपर मार्केटमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाई १० जनाको हत्या गरेका छन्।
अमेरिकाको कोलोराडोमा बन्दुकधारीद्वारा १० जनाको हत्या

कोलोराडो, चैत १० : अमेरिका कोलोराडोस्थित बोल्डर सहरको एक सुपर मार्केटमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाई १० जनाको हत्या गरेका छन्।

मृत्यु हुनेमा एक प्रहरी अधिकारी पनि छन्। बन्दुकधारीले स्थानीय समयअनुसा सोमबार किङ सोपर्स सुपर मार्केटमा अन्धाधुन्द गोली चलाएका थिए।

प्रहरीले एक घाइते संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। उनको उपचार भइरहेको बोल्डरका प्रहरी प्रमुख मारिस हेरोल्डले जानकारी दिइन्।

प्रहरीले थप विवरण उपलब्ध गराएको छैन। घटनाको अनुसन्धान जटिल रहेको र पूरा हुन कम्तिमा पाँच दिन लाग्ने हेरोल्डले बताइन्।
 

प्रकाशित मिति: १२:४६ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्