Kathmandu Press

दशरथ रंगशालामा फर्कँदै अन्तर्राष्ट्रिय फुटबल, यस्तो छ तयारी (फोटो फिचर)

फिफा विश्वकप छनोटअन्तर्गत दशरथ रंगशालामा हुने तय भएका खेल स्थागित भएपछि एन्फाले त्रिदेशीय फुबटल कप आयोजना गर्दै दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्काएको हो।
दशरथ रंगशालामा फर्कँदै अन्तर्राष्ट्रिय फुटबल, यस्तो छ तयारी (फोटो फिचर)

काठमाडौं, चैत १० : दशरथ रंगशालामा एव वर्षपछि अन्तर्राष्ट्रिष्य फुटबल फर्किएको छ। फिफा विश्वकप छनोटअन्तर्गत दशरथ रंगशालामा हुने तय भएका खेल स्थागित भएपछि एन्फाले त्रिदेशीय फुबटल कप आयोजना गर्दै रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्काएको हो।

गत वर्ष भएको १३औं दक्षिण एसियाली खेलकुदपछि दशरथ रंगशालामा  पहिलो पटक अन्तर्राष्ट्रिष्य फुटबल हुन लागेको हो । नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी हुने त्रिदेशदीय फुटबल आजबाट दशरथ रंगशालामा सुरु हुँदै छ। प्रतियोगितको उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान भिड्ने छन् ।

कोरोना संक्रमण विस्तारै बढ्न थालेकाले एन्फाले रंगशाला आउने सबैका लागि मास्क र सेनिटाइजर अनिवार्य गरेका छ। प्रतियोगितामा नेपाले १२ गते कीर्तिस्तान र १४ गते बंगलादेशसँग खेल्ने छ।

दर्शकका लागि एन्फाले साधारणतर्फ मूल्य सात सय रुपैयाँ र भीआइपीतर्फको टिकट मूल्य १५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ।

 

प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्