Kathmandu Press

बन्दुकधारीद्वारा नाइजरमा १३७ को हत्या

अफ्रिकी मुलुक नाइजरको दक्षिणपश्चिमी गाउँमा बन्दुकधारी समूहहरूले एक सय ३७ जनाको ज्यान लिएका छन्।
बन्दुकधारीद्वारा नाइजरमा १३७ को हत्या

नियामे, चैत १० : अफ्रिकी मुलुक नाइजरको दक्षिणपश्चिमी गाउँमा बन्दुकधारी समूहहरूले एक सय ३७ जनाको ज्यान लिएका छन्।

मोटरसाइकलमा आएका बन्दुकधारीहरूले अन्धाधुन्द गोली चलाउँदै सर्वसाधारणको हत्या गरेका हुन्।

Hardik ivf

उनीहरूले मालीको सिमानानजिकका इन्टजायेन, बाकोरोत र विस्टिन गाउँमा आक्रमण गरेका थिए।

‘नागरिकहरूलाई लक्षित गर्ने यी हतियारधारी समूहले क्रुरताको हद पार गरेका छन्,’ सरकारी प्रवक्ता जकारिया अब्दुरहमानले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’
 

प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्