Kathmandu Press

अस्ट्रेलियाका बाढी प्रभावितलाई आपतकालीन राहत घोषणा

काठाडौं, चैत १० : अस्ट्रेलियाका न्यु साउथ वेल्समा भीषण वर्षापछि आएको बाढीबा प्रभावितहरुलाई आपतकालिन राहत घोषणा गरिएको छ। प्रधानमन्त्री स्कट मारिसनले आइतबार फेसबुकमार्फत...
अस्ट्रेलियाका बाढी प्रभावितलाई आपतकालीन राहत घोषणा

काठाडौं, चैत १० : अस्ट्रेलियाका न्यु साउथ वेल्समा भीषण वर्षापछि आएको बाढीबा प्रभावितहरुलाई आपतकालिन राहत घोषणा गरिएको छ। प्रधानमन्त्री स्कट मारिसनले आइतबार फेसबुकमार्फत न्यू साउथ वेल्सका बाढी प्रभावितलाई आपतकालिन राहत घोषणा गरेका हुन् ।

प्रधानमन्त्री मारिसनले आपतकालिन राहत स्वरुप प्रतिव्यक्ति वयस्कका लागि एक हजार अस्ट्रेलियन डलर, बच्चाहरूका लागि ४ सय अस्ट्रेलियन डलर दिने घोषणा गरेका छन् । सो आपतकालिन राहत संघीय सरकारले उपलब्ध गराउने उनले बताएका छन् । अष्ट्रेलियाको संघीय सरकारले ठूलो चोटपटक लागेका, बाढीबाट घरबारबिहनि भएकाहरुका लागि आपतकालिन राहत अभियान चलाइरहेको छ।

न्यू साउथ वेल्स र संघीय सरकारले मध्य र मध्य उत्तर तटमा सिड्नीको नजिकको हन्टर उपत्यकादेखि कोफको हार्बरसम्मका १६ स्थानलाई प्राकृतिक प्रकोप प्रभावित क्षेत्र घोषणा गरेको छ।  बाढीका कारण न्यु साउथ वेल्समा २० हजारबढी मानिस विस्थापित भएका छन्।

 

प्रकाशित मिति: १२:०६ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्