Kathmandu Press

प्रधानमन्त्री ओलीसँग भेट्दै जसपा अध्यक्ष ठाकुरसहितका नेता

प्रधानमन्त्री केपी ओलीसँग भेट्न जसपा नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री ओलीसँग भेट्दै जसपा अध्यक्ष ठाकुरसहितका नेता

काठमाडौं, चैत १० : प्रधानमन्त्री केपी ओलीसँग भेट्न जसपा नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण भेटवार्ताका लागि गएका हुन्।

माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ अल्पमतमा पर्ने प्रधानमन्त्री ओली जसपाको समर्थन जुटाउने प्रयत्नमा छन्।

जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्न निलम्बित सांसद रेशमलाल चौधरीको रिहाइ, संविधान संशोधनलगायत सर्त अगाडि सारेको छ। जसपा अनिर्णित भएकैले कांग्रेस र माओवादी केन्द्रसहितको नयाँ सत्ता समीकरण पनि निर्माण हुन सकेको छैन।
 

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्