Kathmandu Press

दाङको सरैयाडाँडामा स्कुल बस दुर्घटना, एकको मृत्यु, २२ घाइते

दाङ, चैत १० : दाङको तुलसीपुर उपमहानगरपालिका–१५स्थित सरैयाडाँडामा स्कुल बल दुर्घटना भएको छ । मंगलबार बिहान भएको स्कुल बस दुर्घटनामा परी एक विद्यार्थीको...
दाङको सरैयाडाँडामा स्कुल बस दुर्घटना, एकको मृत्यु, २२ घाइते
सा‌ंकेतिक तस्बिर ।

दाङ, चैत १० : दाङको तुलसीपुर उपमहानगरपालिका–१५स्थित सरैयाडाँडामा स्कुल बल दुर्घटना भएको छ । मंगलबार बिहान भएको स्कुल बस दुर्घटनामा परी एक विद्यार्थीको मत्यु भएको छ भने २२ जना घाइत भएको प्रहरीले जनाएको छ।

स्कुल बस दुर्घटनामा तुलसीपुर उपमहानरपालिका–१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

तुलसीपुरको ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस सरैयाडाँडामा दुर्घटना भएको थियो । बस कोठेरीबाट कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुर आउँदै गर्दा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

स्कुल बस दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको कोहलपुर शिक्षण अस्पतालमा उपलचार भइरहेको र बाँकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १०:१८ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्