Kathmandu Press

विश्वमा एकैदिन ४ लाख वढी कोरोना संक्रमित थपिए, ७ हजार वढीको मृत्यु 

विश्वमा एकैदिन ४ लाख वढी कोरोना संक्रमित थपिए, ७ हजार वढीको मृत्यु 

काठमाडौं, चैत्र १० : विश्वभर एकै दिनमा चार लाख वढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा चार लाख पाँच हजार वढी कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ करोड ४२ लाख ८९ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ५३ हजार ३८६, अमेरिकामा ४५ हजार ७४८, भारतमा ४० हजार ६११, टर्कीमा २२ हजार २१६, फ्रान्समा १५ हजार ७९२, इटलीमा १३ हजार ८४६ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ७ हजार भन्दा धेरै संक्रमितको मृत्यु भएको छ।

Hardik ivf

जसमध्ये ब्राजिलमा १५ सय ७० जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या दुई लाख ९५ हजार ६८५ पुगेको छ। अमेरिकामा ५९६, इटलीमा ३८६,  रसियामा ३६१, फ्रान्समा ३४३, भारतमा १९७, स्पेनमा १५९, जर्मनीमा १४८ र टर्कीमा ११७ जनाले ज्यान गुमाएका छन्।

हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख ३४ हजार ९१८ पुगेको छ। १० करोड दुई लाख ४५ हजारभन्दा बढी संक्रमणमुक्त हुँदा २ करोड १३ लाख सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: ०७:४५ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्