प्रतिनिधिसभाको बैठक आज बस्दै, संवैधानिक आयोगका बार्षिक प्रतिवेदन पेश हुने

काठमाडौं, चैत्र १० : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका बार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची राखिएको छ । यस्तै‚ न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६-७७ र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि वार्षिक प्रतिवेदन पनि पेश हुने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।
सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि प्रतिनिधिसभाका बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका छन्।
प्रकाशित मिति: ०७:३५ बजे, मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











