Kathmandu Press

सभा, सम्मेलन नगर्न जिल्ला प्रशासन मकवानपुरको अनुरोध

सभा, सम्मेलन नगर्न जिल्ला प्रशासन मकवानपुरको अनुरोध

काठमाडौं, चैत्र १० : जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

सोमबार  कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ ।

साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: ०७:०७ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्