Kathmandu Press

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो 

काठमाडौं, चैत्र १० : छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ थप...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो 

काठमाडौं, चैत्र १० : छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १९७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार २०० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहा ४० हजार ६११ जनामा संक्रमण भएको छ ।

यो सँगै त्यहाँ संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ । भारतमा हालसम्म १ करोड ११ लाख ७९ हजार ५९ जना संक्रमणमुक्त भएका छन् । भने सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार ७१ रहेको छ ।
 

प्रकाशित मिति: ०६:४६ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्