Kathmandu Press

स्ववियु निर्वाचन जेठ ३०मा

काठमाडौं, चैत ९ : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जेठ ३० गते हुने भएको छ । आन्दोलन नेविसंघसँग सहमति गर्दै सोमबार सहमति गर्दै...
स्ववियु निर्वाचन जेठ ३०मा

काठमाडौं, चैत ९ : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जेठ ३० गते हुने भएको छ । स्ववियु निर्वाचन माग गर्दै आन्दोलनरत नेविसंघसँग सहमति गर्दै सोमबार सहमति गर्दै त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति जेठ ३०लाई तोकेको हो।

नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो।
 
त्रिविले स्ववियु निर्वाचन गर्नका लागि चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ ।

सोमबार भएको त्रिवि र नेविसंघ विश्वविद्यालयबीच विगतमा भएका सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड–१९ का कारण ढिलो  सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्नेलगायत सहमति पनि भएको छ।

यस्तै त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवम् परामर्श गरी दुई महिनाभित्र रायसुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल र नेविसंघ विश्वविद्यालय समितिका तर्फबाट अध्यक्ष डा. श्यामकृष्ण अधिकारीले हस्ताक्षर गरेका छन् । सहमतिपछि अनशनरत विद्यार्थीलाई शिक्षाध्यक्ष प्रा.डा. भुसालले जुस खुवाएर अनशन तोडएका थिए ।

 

प्रकाशित मिति: २१:२७ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्