Kathmandu Press

म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त

म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त

काठमाडौं, चैत ९ : अपहरणमा परेका म्यानमारका लागि बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त भएका छन्।

राजधानीस्थीत अदालत अगाडि समाचार संकलन कार्य गरिरहेका बेला सादा पोशाकमा आएका व्यक्तिहरुले उनलाई शुक्रबार अपरहण गरेका थिए।

Hardik ivf

म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता भएका पत्रकार सम्पर्कमा आएको बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन्।

रिहा भएका पत्रकारका बारेमा र घटनाका बारेमा विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका थिए। उनलाई भने अझै पनि अपहरणमुक्त नगरिएको समाचारमा जनाइएको छ।

गत फेब्रुअरी १ मा भएको सैन्य विद्रोहपछिको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म दुई हजार ६०० जना गिरफ्तार भएका छन्। त्यसैगरी अरु २५० भन्दा बढीको मृत्यु भएको पनि विभिन्न निकायको तथ्याङ्कमा उल्लेख गरिएको छ।

कतिपय अधिकारकर्मीहरूले भने आन्दोलनका क्रममा मारिएकाहरूको सङ्ख्या अझै धेरै हुनसक्ने दावी पनि गरेका छन्। सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ।

सैन्य विद्रोह भएपछि म्यानमारमा पत्रकार मात्रै ४० जना पक्राउ परिसकेको अधिकारीहरूले जनाएका  छन् । सेनाले पाँच सञ्चारमाध्यमको अनुमति पनि खारेज गरेको छ।

प्रकाशित मिति: २०:१३ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्