कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक जारी
काठमाडौं, चैत ९ : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी रहेको छ।समसामियक राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले पदाधिकारी...
काठमाडौं, चैत ९ : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी रहेको छ।
समसामियक राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बोलाइएको हो। सभापति शेरबहादुर देउवाको सभापत्विमा जारीबैठकमा पूर्वपादाधिकारी पनि सहभागी छन्।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार फेरबदल गर्न तयारी चलिरहेको छ। कांग्रेस, माओवादी र जनता समाजवादी पाटी (जसपा) मिलेर सरकार बनाउने विषयमा छलफल पनि भइरहेको छ।
यस विषयमा पनि कांग्रेस पदाधिकारी बैठकमा छलफल जारी रहेको जनाएको छ। बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म हुने तय भएको छ।
प्रकाशित मिति: १७:५५ बजे, सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











