Kathmandu Press

प्रशिक्षक बालगोपाल भन्छन्– बंगलादेश र कीर्गिस्तानको खेल हेरेर रणनीति बनाउँछौं

काठमाडाैं, चैत ९ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मंगलबारबाट सुरु हुँदैछ। प्र्रतियोगितामा नेलाल, बंगलादेश र...
प्रशिक्षक बालगोपाल भन्छन्– बंगलादेश र कीर्गिस्तानको खेल हेरेर रणनीति बनाउँछौं
प्रि–म्याच कन्फ्रेन्समा बोल्दै मूख्य प्रशिक्षक बालगोपाल महर्जन । तस्बिर : सुजल बज्राचार्य

काठमाडाैं, चैत ९ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मंगलबारबाट सुरु हुँदैछ। प्रतियोगितामा नेलाल, बंगलादेश र कीर्गिस्तान सहभागी छन्।

त्रिदेशी प्रतियोगितामा विपक्षीको खेल हेरेर रणनीति बनाउने नेपाली राष्ट्रिय टिमका मूख्य प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन्। प्रतियोगिताअघि सोल्टी होटलमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा बोल्दै महर्जनले भोलि हुने बंगलादेश र कीर्गिस्तानबीचको खेल हेरपछि त्यसैअनुसार रणनीति बनाउने बताए।

तयारी राम्रो रहेकाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्न प्रयास गर्ने उनले बताए।  ‘खेलाडीहरु लामो समयदेखि बन्द प्रशिक्षणमा छन्, तयारी राम्रो भएको छ,’ प्रशिक्षक महर्जनले भने, ‘सबै खेलाडी फिट पनि छन्, नतिजा भन्दापनि राम्रो खेल्ने नै हाम्रो प्रयास हुनेछ। राम्रो खेलेपछि नतिजा पनि राम्रै आउँछ।’

कप्तान किरण चेम्जोङको अनुपस्थितिमा प्रिम्याच कन्फ्रेन्समा अएका उपकप्तान रोहित चन्दले घरेलु मैदानमा खेल्न लागिका किनै उत्साहित भएको बताए। उनले घरेलु दर्शकबीच राम्रो प्रदर्शन गर्ने बताए।

नेपाल, बंगलादेश र कीर्तिस्तान सम्मिलित प्रतियोगिता दशरथ रंगशालामा चैत १० गतेदेखि १६ गतेसम्म हुनेछ। सिंगल राउन्ड रोबिनका आधारमा हुने छ प्रतियोगितामा लिगका शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन्।

प्रि–म्याच कन्फ्रेन्समा बोल्दै उपकप्तान राेहित चन्द । तस्बिर : सुजल बज्राचार्य

प्रतियोगिताको उद्घाटन खेल १० गते बंगलादेश र किर्गिस्तानबीच हुनेछ। नेपालले पहिलो खेल चैत १२ गते किर्गिस्तान र १४ गते बंगलादेशसँग खेल्ने छ। प्रतियोगिताको फाइनल १६ गते हुने छ। सबै खेल साँझ ५ः३०मा सुरु हुनेछ।

प्रतियोगिताको विजेताले ५ हजार, उपविजेताले ३ हजार डलर पाउने छन् भने सर्वोत्कृष्ट खेलाडीले ५ सय तथा प्लेयर अफ दी म्याचले २ सय ५० डलर पाउने छन्। प्रतियोगिताका लागि एन्फाले साधारणतर्फ ७ सय र भिआइपीतर्फ १५ सय रुपैयाँ टिकटको मूल्य तोकेको छ। प्रतियोगिता नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ।

नेपालको कप्तानी किरणले गर्ने

प्रतियोतिगामा नेपाली टिमको कप्तानी किरण चेम्जोङले नै गर्ने प्रशिक्षक बालगोपल महर्जनले बनाए। प्रिम्याच कन्फ्रेन्समा महर्जनले प्रतियोगिता खेल्न किरण आजै काठमाडौं आइपुग्ने बताउँदै नेपाली टिम किरणकै कप्तानीमा मैदान उत्रिने बताए।

किरण अहिले आईलिग खेल्ने भारतमा छन्। किरणले आईलिगमा राउन्डग्लोब पञ्जाबको कप्तानी ग।िरहेका छन्। आईलिगमा उनको टिम २२ अंकसहित चौथो स्थानमा छ।

 

 

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, चैत ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्