शिक्षक आयोग पदाधिकारी फेर्न शिक्षामन्त्रीकाे दबाब, कांग्रेसको आपत्ति
काठमाडौं, चैत ९ : शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मी, सदस्यद्वय डा. डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनको नियुक्ति सिफारिसलाई परिवर्तन गर्न शिक्षामन्त्रीले पदाधिकारी...
काठमाडौं, चैत ९ : शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मी, सदस्यद्वय डा. डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनको नियुक्ति सिफारिसलाई परिवर्तन गर्न शिक्षामन्त्रीले पदाधिकारी सिफारिस समितिका अध्यक्ष तथा सदस्यलाई पटकपटक दबाब दिएको भन्दै नेपाली कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली कांग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई निसर्त टुंगोमा पुर्याई राज्यको शिक्षाप्रतिको दायित्व जिम्मेवारीका साथ निर्वाह गर्न सरकारसँग माग गरेको छ।
शिक्षक सेवा आयोग (नवौ संशोधन) नियमावली, २०७१ अनुसार आयोगका पदाधिकारीको सिफारिस गर्न लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनोट समितिले २०७७ कार्तिक २२ गते आयोगका पदाधिकारी नियुक्त गरेको थियो।











