Kathmandu Press

कोरोनाबाट कंगोमा राष्ट्रपति उम्मेदवारको मृत्यु

मध्य अफ्रिकी मुलुक कंगोमा राष्ट्रपति उम्मेदवार बनेका एक नेताको कोभिड-१९ बाट मृत्यु भएको छ।
कोरोनाबाट कंगोमा राष्ट्रपति उम्मेदवारको मृत्यु

किन्सासा, चैत ९ : मध्य अफ्रिकी मुलुक कंगोमा राष्ट्रपति उम्मेदवार बनेका एक नेताको कोभिड-१९ बाट मृत्यु भएको छ।

मृत्यु भएका ब्रिस पर्फेट कोलेलस विपक्षी गठबन्धनका बलिया उम्मेदवार मानिएका थिए।

राष्ट्रपतिका लागि मतदान भएको भोलिपल्ट आइतबार उनको मृत्यु भएको हो।

चुनावको पूर्वसन्ध्यामा कोलेलसलाई कंगोको ब्राजिभेल अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यस्थिति गम्भीर बनेपछि उनलाई थप उपचारका लागि फ्रान्स लैजाने तयारी थियो। तर, फ्रान्स लैजान नपाउँदै उनको मृत्यु भएको कोलेलसको चुनावी अभियानका निर्देशक क्रिस्चियन साइर रोड्रिग मयन्डाले जानकारी दिए।

अलजजिराबाट
 

प्रकाशित मिति: १५:५८ बजे, सोमबार, चैत ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्