Kathmandu Press

कर्णाली प्रदेश सांसद रेग्मीमाथि कारबाही सिफारिस

सुर्खेत, चैत ९ : माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका सांसदहरूमाथिको कारबाही गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने अभ्यास कर्णाली प्रदेशबाट थालिएकाे छ।सो पार्टीको कर्णाली प्रदेश संसदीय...
कर्णाली प्रदेश सांसद रेग्मीमाथि कारबाही सिफारिस
धर्मराज रेग्मी

सुर्खेत, चैत ९ : माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका सांसदहरूमाथिको कारबाही गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने अभ्यास कर्णाली प्रदेशबाट थालिएकाे छ।

सो पार्टीको कर्णाली प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ। माओवादी केन्द्र पृष्ठभूमि भएका र दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी अहिले एमालेमा लागेका छन्। 

उनी एमालेमा केन्द्रीय सदस्य र प्रदेश सचिवमा मनोनीत भइसकेका छन्। उनले पार्टीले सोधेको स्पष्टीकरण अहिलेसम्म पनि दिएका छैनन् । उनी पछिल्लो समय माओवादी केन्द्रको संसदीय दल बैठकमा पनि सहभागी भएका छैनन्।

प्रकाशित मिति: १५:३६ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्