प्रधानमन्त्री–विप्लव भेटवार्ता : तीनबुँदे सहमतिबारे छलफल
काठमाडौं, चैत ९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन्। सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमै...
काठमाडौं, चैत ९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन्। सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमै पुगेर विप्लवले ओलीलाई भेटेका थिए।
उनीहरूबीच २१ फागुनमा भएको शान्ति सम्झौता कार्यान्वयनबारे छलफल गरेको नेकपाका एक नेताले जानकारी दिए । सरकारसँग गरिएको तिनबुँदे सहमतिपत्रमा उल्लेख भएअनुसार नेकपाका नेता-कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज र सम्पूर्ण कार्यकर्ता रिहाइका सन्दर्भमा सरकार के गरिरहेको छ भन्दै उनले चासो राखेका थिए।
सो भेटवार्तामा विप्लवले जनमतसंग्रहको प्रस्तावसमेत राखेको ती नेताले बताए। समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भएको जनाइएको छ।
प्रकाशित मिति: १५:१० बजे, सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











