अमेरिकी रक्षा सचिवले भेटे अफगानिस्ताका राष्ट्रपति
काबुल, चैत ९ : अमेरिकाको रक्षा सचिव लोयड अस्टिनले अफगानस्तानका राष्ट्रपति असरफ घानीलाई भेटेका छन्। अफगानस्तान भ्रमणमा रहेका सचिव लोयड अस्टिनले आइतबार राष्ट्रपति...
काबुल, चैत ९ : अमेरिकाको रक्षा सचिव लोयड अस्टिनले अफगानस्तानका राष्ट्रपति असरफ घानीलाई भेटेका छन्। अफगानस्तान भ्रमणमा रहेका सचिव लोयड अस्टिनले आइतबार राष्ट्रपति घानीलाई भेटेका हुन्।
भेटका क्रममा सचिव अस्टिन र राष्ट्रपति घानी दुवैले अफगानिस्तानमा पछिल्लो समयमा बढेको हिंसाप्रति चिन्ता व्यक्त गरेका थिए । अस्टिनले अफगानिस्तानलाई अहिलेको अवस्थाबाट मुक्त गर्न स्थायी शान्ति नै मुख्य कुरा भएको बताए ।
प्रकाशित मिति: १३:३६ बजे, सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












