Kathmandu Press

कांग्रेस बैठकमा क्रियाशील सदस्यता वितरण विवादबारे छलफल हुने

काठमाडौं, चैत ९ : आज (सोमबार) अपराह्न ३ नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ।ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा क्रियाशील सदस्य...
कांग्रेस बैठकमा क्रियाशील सदस्यता वितरण विवादबारे छलफल हुने

काठमाडौं, चैत ९ : आज (सोमबार) अपराह्न ३ नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा क्रियाशील सदस्य छानबिन समितिको पनि सहभागिता रहने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। आजको बैठकको मुख्य एजेन्डा नै क्रियाशील सदस्यता वितरणबारे छानबिन समितिले पेस गरेको विवरणउपर छलफल गर्ने रहेको उनले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दलसमेत रहेकाे कांग्रेसको चौधौं महाधिवेशन आगामी भदौमा हुँदैछ। महाधिवेशन नजिकिँदै गर्दा पनि कांग्रेसले क्रियाशील सदस्यता वितरणको काम टुंगो लगाउन सकेको छैन । कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणको विषयले विवादकाे रुप लिएकाे छ ।

एकातिर कांग्रेसलाई महाधिवेशनको तयारी गर्नुपर्ने अवस्था छ भने अर्कातिर बदलिँदो राजनीतिक परिस्थितिमा कसरी अर्थपूर्ण भूमिका निर्वाह गर्ने भन्ने चुनौती छ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्ने निष्कर्ष निकालेको कांग्रेसले नयाँ सत्ता समीकरणम आफ्नो भूमिका कस्तो रहने भन्ने ठोस निर्णय गरिसकेको छैन। यस विषयमा पनि आजको बैठकमा छलफल हुने आँकलन गरिएको छ। 

सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा पार्टीबाट औपचारिक प्रस्ताव गर्ने वा नगर्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: १३:०७ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्