Kathmandu Press

ब्राजिलमा कोराेनाबाट एकै दिनमा १२९० जनाको मृत्यु

साओ पाओलो, चैत ९ : ब्राजिलमा कोभिड-१९ को संक्रमणबाट एकै दिनमा १ हजार २ सयभन्दा बढीको ज्यान गएको बताइएको छ। आइतबार ब्राजिलका स्वास्थ्य...
ब्राजिलमा कोराेनाबाट एकै दिनमा १२९० जनाको मृत्यु

साओ पाओलो, चैत ९ : ब्राजिलमा कोभिड-१९ को संक्रमणबाट एकै दिनमा १ हजार २ सयभन्दा बढीको ज्यान गएको बताइएको छ। आइतबार ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ एकै दिनमा १ हजार २ सय ९० जनाको यस संक्रमणबाट निधन भएको हो ।

योसँगै ब्राजिलमा कोभिड-१९ का कारण ज्यान जानेको संख्या २ लाख ९४ हजारभन्दा बढी पुगेको बताइएको छ। ब्राजिलका स्वास्थ्य अधिकारीहरुले आइतबार सो जानकारी दिएका हुन् । 

यसैगरी आइतबारसम्म ब्राजिलमा कोभिडबाट १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि जनाइएको छ। 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो समय कोभिड संक्रमणबाट मृत्यु हुने प्रतिशत दिनप्रतिदिन बढ्दै गएको छ। यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन्। 

ब्राजिलमा प्रति १ लाखमा ५ हजार ४ सय ८२ जनामा यो संक्रमण देखिएको छ । संक्रमितको सोही जनसंख्यामध्ये १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ । 

ब्राजिलको साओ पाओलो सहर सुरुदेखि नै यो संक्रमणको केन्द्रबिन्दुका रुपमा रहेको छ । यो सहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरु पनि भरिएका पाइएको छ।

त्यसैगरी यसअघि यहाँको मृत्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ कोरोना संक्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युको दर बढेको पाइएको पनि बताइएको छ।

प्रकाशित मिति: १२:४९ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्