Kathmandu Press

लगातार वर्षाका कारण न्यू साउथ वेल्समा बढ्यो खतरा, १८ हजार विस्थापित

काठमाडौं, चैत ९ : चार दिनदेखि लगातार भइरहेको वर्षका कारण नदीको बहाब बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स खतरा बढेको छ । जोखिम बढेपछि...
लगातार वर्षाका कारण न्यू साउथ वेल्समा बढ्यो खतरा, १८ हजार विस्थापित

काठमाडौं, चैत ९ : चार दिनदेखि लगातार भइरहेको वर्षका कारण नदीको बहाब बढेपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स खतरा बढेको छ । जोखिम बढेपछि साउथ वेल्समा आपतकालिन अवस्था घोषणा गरिएको छ ।

भारी वर्षापछि तटीय क्षेत्रका अधिकांश बस्ती डुबानमा परेका छन् । त्यस क्षेत्रमा जोखिममा रहेका १८ हजार मानसिलाई सोमबारसम्म सुरक्षित स्थानमा लगिएको छ ।

Hardik ivf

वर्षका कारण न्यू साउथ वेल्समा ५४ हजार मानिस विस्थापित हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । न्यू साउथ वेल्सका ३८ क्षेत्रलाई प्राकृतिक प्रकोप प्रभावित क्षेत्र घोषणा गरिएको छ ।

मौसम विभागको बाढी पूर्वानुमानकर्ता जस्टिन रोबर्टसनले यसलाई अलिहेसम्मकै ठूलो वर्षाका रुपमा उल्लेख गरेका छन्। विन्सल्याण्डको सीमादेखि भिक्टोरियन सीमासम्मका सबै नदीहरूको बहाब बढेको र यो न्यू साउथ वेल्सले अहिले सामना गरेको सबैभन्दा ठूलो खतरनाक अवस्था भएको बताए।

सिड्नीमा चार दिनमा दुई सय ४० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । मंगलबार रातमा सम्म १०० मिलिमिटर भन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ।

पछिल्लो ४ दिनयता न्यु साउथ वेल्सका कोम्बोइने पब्लिक स्कुलमा सर्वाधिक आठ सय ५३ मिलिलिटर पानी परेको छ भने रेडोकमा आठ सय २५ मिलिलिटर पानी परेको छ । यस्तै, डेलवार्डमा सात सय ७४, सेअभ्यूमा सात सय ३२, केम्पसी एयरपोर्टमा छ सय १८, पाल्म ग्रोभमा चार सय ५१ र सिड्नीमा दुई सय ५१ मिलिलिटर पानी परेको छ।

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्