Kathmandu Press

अनेरास्ववियु बाँकेमा भाँडभैलो, साबिकको सिंगै कमिटी नेपाल समूहमा प्रवेश

नेपाल समूहमा खुलेका एमाले बाँके अध्यक्ष अशोक कोइरालाका अनुसार नेकपा छँदा अनेरास्ववियु जिल्ला सहसंयोजक बनेका टेकेन्द्र मल्ल एमाले ब्युँतिएपछि स्वतः जिल्ला संयोजक बने पनि ओली समूहले ‘बाइपास’ गरेपछि उनी नेतृत्वको जिल्ला कमिटीले विद्रोह गरेको हो।
अनेरास्ववियु बाँकेमा भाँडभैलो, साबिकको सिंगै कमिटी नेपाल समूहमा प्रवेश

बाँके, चैत ९ : एमालेनिकट अनेरास्ववियु बाँकेमा भाँडभैलो मच्चिएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली समूहले अर्को व्यक्तिलाई संयोजक तोकेपछि यसअघिको कमिटी माधवकुमार नेपाल समूहमा प्रवेश गरेको छ।

नेपाल समूहमा खुलेका एमाले बाँके अध्यक्ष अशोक कोइरालाका अनुसार नेकपा छँदा अनेरास्ववियु जिल्ला सहसंयोजक बनेका टेकेन्द्र मल्ल एमाले ब्युँतिएपछि स्वतः जिल्ला संयोजक बने पनि ओली समूहले ‘बाइपास’ गरेपछि उनी नेतृत्वको जिल्ला कमिटीले विद्रोह गरेको हो।

संयोेजक मल्लले अब बन्ने १ सय ५१ सदस्यीय कमिटी नै बाँकेको आधिकारिक अनेरास्ववियु हुने संयोजक हुने दाबी गरे। ‘यो गुट उपगुटको कुरा होइन, अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल दुवै एमालेकै हुनुहुन्छ । तर हामी आधिकारिक अनेरास्ववियु भनेर उभिएका हौं,’ उनले भने।

विधि पद्धतिबाट पार्टी सञ्चालन हुनुपर्ने उनको भनाइले नेपाल समूहलाई नै आधिकारिक मानेर उनी त्यता समाहित हुन लागेकाे स्पष्ट हुन्छ। ‘विधि-प्रक्रिया नमिलेको गठन प्रक्रियालाई हामी मान्दैनौ, स्विकार्दैनौं, त्यसकारण हामी यस ढंगबाट हामी अगाडि बढिरहेका छौं,’ उनले भने।

ओली पक्षसँग आफूहरुकाे असहमति रहेकाे उनले स्पष्ट पारे। ओली समूहले निर्माण गरेको कमिटीलाई संकेत गर्दै उनले भने, ‘संगठनमा नभएका मान्छेलाई भर्ती गर्ने यातायात प्रालि खोलियो । सिंगो अनेरास्ववियु कमिटी हुदाँहुदै स्वेच्छाचारी ढंगबाट खोलिएको प्रालिविरुद्ध हामी  उभिएका हौं।

प्रकाशित मिति: १२:०८ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्