Kathmandu Press

भक्तपुरमा सिलिन्डर पड्किँदा ६ घाइते

काठमाडौं, चैत ९ : भक्तपुरमा ग्याँस सिलिन्डर पड्किँदा ६ जना घाइते भएका छन् । भक्तपुर सूर्यविनायक–५को सिर्जनानगरस्थित खाज पसलमा ग्याँस सिलिन्डर पड्किएर आगलामी...
भक्तपुरमा सिलिन्डर पड्किँदा ६ घाइते

काठमाडौं, चैत ९ : भक्तपुरमा ग्याँस सिलिन्डर पड्किँदा ६ जना घाइते भएका छन् । भक्तपुर सूर्यविनायक–५को सिर्जनानगरस्थित खाज पसलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आइतबार बेलुका सिलिन्डर पड्किएर आगलागी भएको थियो। घाइते हुनेमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई दधिकोट टीकाराम बस्नेत, उनका कोटेश्वर बस्ने राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन्।

यस्तै, झापा विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक– ५ कटुन्जे बस्ने विकास पौडेल र सोही ठाउँ बस्ने हिमुन्स थापा पनि घाइते भएका छन् । उनीहरुको कीर्तिपुर बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १०:४० बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्