आजको मौसम : केहि स्थानमा बर्षाको सम्भावना
काठमाडौ, चैत्र ९ : स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।हाल देशका पहाडी भूभागमा आंशिक...
काठमाडौ, चैत्र ९ : स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।
हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ ।
आज अपराह्नपछि गण्डकी प्रदेश,कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार र बुधबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
प्रकाशित मिति: ०७:५९ बजे, सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











