सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा, मेस्सीले बनाए कीर्तिमान

काठमाडौं, चैत्र ९ : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६ १ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एण्डरले रक गोल फर्काए ।
यस खेलसँगै स्टार खेलाडी मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् ।
जितसँगै बार्सिलोना २८ खेलमा ६२ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सोसिडाड ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: ०७:४५ बजे, सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











