Kathmandu Press

राष्ट्रपति बंगलादेश जादा आधा घण्टा विमानस्थल बन्द हुने 

काठमाडौं, चैत्र ९ : राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि बंगलादेश जाँदा आधा घण्टा विमानस्थल बन्द रहने भएको छ ।राष्ट्रपतिको उडान हुनुअघि १५...
राष्ट्रपति बंगलादेश जादा आधा घण्टा विमानस्थल बन्द हुने 

काठमाडौं, चैत्र ९ : राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि बंगलादेश जाँदा आधा घण्टा विमानस्थल बन्द रहने भएको छ ।

राष्ट्रपतिको उडान हुनुअघि १५ मिनेट र उडानपछि १५ मिनेटसम्म सबै उडान बन्द हुने बताइएको छ। राष्ट्रपतिको उडान हुने भएकाले ८ः१५ देखि ८ः४५ सम्म विमानस्थल बन्द  रहनेछ।

सो समयमा आन्तरिक तथा बाह्य कुनै पनि विमान उडान तथा अवतरण नहुने बताइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ८ः३० बजे उनी ढाका प्रस्थान गर्ने कार्यक्रम छ।
 

प्रकाशित मिति: ०७:१६ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्