Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या वढ्दै, एकैदिन थपिए ४७ हजार 

भारतमा कोरोना संक्रमितको संख्या वढ्दै, एकैदिन थपिए ४७ हजार 

काठमाडौं, चैत्र ९ : भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ४७ हजार संक्रमित थपिएका हुन् ।

अघिल्लो दिन ४३ हजार र त्यसको अघिल्लो दिन ४१ हजार संक्रमित थपिएका थिए। दैनिक रुपमा संक्रमित थपिएपछि भारतका विभिन्न सहरमा रात्रिकालीन लकडाउन गरिएको छ।

यस्तै‚ पछिल्लो २४ घण्टामा भारतमा २१३ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या एक लाख ६० हजार पुगेको छ। भारतमा हालसम्म एक करोड १६ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएकोमा साढे तीन लाख सक्रिय संक्रमित छन्। यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख १४ हजार संक्रमित थपिएका छन्।

ब्रजिलमा ४७ हजार ७००, अमेरिकामा ३९ हजार ३००, फ्रान्समा ३० हजार ५०० र पोल्याण्डमा २१ हजार ८०० संक्रमित थपिएका छन्।यस्तै विश्वभर पछिल्लो २४ घण्टामा पाँच हजार ७०० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७ लाख २७ हजार नाघेको छ। १२ करोड ३८ लाख जनामा संक्रमण पुष्टि हुँदा नौ करोड ९७ लाख जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: ०६:५३ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्