चेल्सी एफए कपको सेमिफाइनलमा
काठमाडौ, चैत्र ९ : सेफिल्ड युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार राति भएको खेलमा सेफिल्ड २-० गोल अन्तरले...
काठमाडौ, चैत्र ९ : सेफिल्ड युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा सेफिल्ड २-० गोल अन्तरले पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले एक गोल गरे ।
चेल्सीले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । चेल्सीले सुरुवाती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । सेफिल्डका ओलिभर नोरउडले आत्मघाती गोल गरे ।
२४ औँ मिनेटमा ओलिभरले आफ्नै पोस्टमा गोल गरेका थिए । इन्जुरी समयमा जिएचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
प्रकाशित मिति: ०६:३२ बजे, सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











