Kathmandu Press

४२ क्रिकेटरले एक वर्षकै तलब पाउने

काठमाडौं, चैत ८ : सेन्ट्रल कन्ट्रयाक्टमा रहेका राष्ट्रिय महिला र पुरुष क्रिकेटरलाई एक वर्षकै तलब पाउने भएका छन्।नेपाल क्रिकेट संघ (क्यान)ले महिला र...
४२ क्रिकेटरले एक वर्षकै तलब पाउने

काठमाडौं, चैत ८ : सेन्ट्रल कन्ट्रयाक्टमा रहेका क्रिकेटरले एक वर्षकै तलब पाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले महिला र पुरुष खेलाडीसँग ६ महिनाको मात्र सम्झौता भएपनि एक वर्षकै तलब उपलब्ध गराउने भएको हो।

आईसिसीले एक वर्षकै तलब बराबरको रकम उपलब्ध गराएकाले सोहीअनुसार क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका महिला र पुरुष क्रिकेटरलाई तलब दिने तयारी गरेको छ। पुरुष क्रिकेटरले पारिश्रमिक पाइरहे पनि महिला क्रिकेटरले भने अहिलेसम्म तलब पाएका छैनन्।

गत असोजमा चितवनमा बसेको क्यानको बोर्ड बैठकले महिला क्रिकेटरलाई पनि पारिश्रमिक उपलब्ध गराउने भन्दै सेन्ट्रल कन्ट्रयाक्ट गरेको थियो। त्यतिखेर महिला र पुरुष दुवै क्रिकेटरलाई ६ महिनाका लागि कन्ट्रयाक्ट गरेको थियो।

क्यानेले २० पुरुष र २२ महिला क्रिकेटरलाई तीन श्रेणीमा बर्गीकरण गर्दै सेन्ट्रल कन्ट्रयाक्ट गरेको छ। पुरुषतर्फ ‘ए’ श्रेणीमा परेका खेलाडीले ५० हजार, ‘‘बी’ले ४० हजार र ‘सी’ले मासिक ३० हजार तलब पाउनेछन्। महिलातर्फ ए, बी र सी श्रेणीमा परेका खेलाडीले क्रमशः १५ हजार, १२ हजार र १० रुपैयाँ पाउनेछन्।

प्रकाशित मिति: २१:०८ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्