Kathmandu Press

मेयर कप वुमन्स च्याम्पियनसिप चैत अन्तिम साताबाट, विजेतालाई ३ लाख

कामाठाडौं, चैत ८ : ललितपुर महानगरपालिको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको लतिलपुर मेयर कप वुमन्स च्याम्पियनसिप क्रिकेट चैत अन्तिम...
मेयर कप वुमन्स च्याम्पियनसिप चैत अन्तिम साताबाट, विजेतालाई ३ लाख

कामाठाडौं, चैत ८ : ललितपुर महानगरपालिको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको लतिलपुर मेयर कप वुमन्स च्याम्पियनसिप क्रिकेट चैत अन्तिम साता आयोजना हुने भएको छ। चैत २१ गते सुरु हुने प्रतियोगिता  चैत २८ सम्म चल्ने छ।

प्रतियोगिता आयोजनाका लागि आइतबार क्यान र ललितपुर महानगरपालिकाबीच सम्झौता भएको छ। सम्झौताअनुसार प्रतियोगिता आयोजनजाका लागि ललितपुर महानगरले क्यानलाई २० लाख रुपैयाँ उपलब्ध गराउने छ।

सम्झौता पत्रमा ललितपुर महनगरका मेयर चिरिबाबु महर्जन र क्यान सचिव अशोकनाथ प्याकुरेलले हस्ताक्षर गरे। कीर्तिपुरस्थित टियू मैदानमा हुने प्रतियोगिताका आयोजनाका लागि ५० लाख रुपैयाँ खर्च हुने अनुमान क्यानले गरेको छ।

टि–२० प्रतियोगितामा ५ टिम सभागी हुने छन् । जसमा ४ टिम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका सेमिफाइनलिस्ट टिम हुने छन् भने एक टिम ललितपुरको टिम हुने छ । जसमा नाम मेयर्स–११ हुने छ।

गत पुसमा दाङमा भएको प्रधानमन्त्री कपमा फाइलन पुगेका प्रदेश १, एपिएफ, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कपम वुमन्स च्यामिपयनसिप खेल्ने छन् । सिंगाल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा लिगका शीर्ष दुई टिम उपाधिका लागि खेल्ने छन्।

प्रतियोगिताका विजेताले ३ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो। यस्तै, प्लेयर अफ दी सिरिजले २५ हजार रुपैयाँ पाउने छन् भने हरेक विधाका उत्कृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ पाउनेछन्।

 

प्रकाशित मिति: १८:४२ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्