फेरि कोरोनाको जोखिम, सभा, जुलुस, भेला नगर्न सरकारको अनुरोध
काठमाडौं, चैत ८ : छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेको छ। सरकारले सभा, जुलुस, भेला नगर्न अनुरोध गरेको...
काठमाडौं, चैत ८ : छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेको छ। सरकारले सभा, जुलुस, भेला नगर्न अनुरोध गरेको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन र भेला नगर्न अनुरोध गरेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण जोखिम बढेको बताए।
छिमेकी देश भारतमा संक्रमणको देखिएकाले नेपालमा पनि सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ। डा. गौदमले भनेका छन्, 'केही दिनदेखि विश्वभरी खासगरी छिमेकी देशहरुमा कोभिड १९ को संक्रमण बढ्दो क्रममा देखिएको छ। नेपालमा पनि संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्नु हुन हार्दिक अनुरोध छ।'
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन पनि अनुरोध गरिएको छ।











