Kathmandu Press

४० वर्ष भारतको जेलमा बसेका दुर्गाप्रसाद तिम्सिना ४१ वर्षपछि इलामस्थित जन्मघरमा

इलाम, चैत ८ : ४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिनासुनुवाइ बिताएका इलामको माई नगरपालिका-१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना आज (आइतबार) इलामस्थित...
४० वर्ष भारतको जेलमा बसेका दुर्गाप्रसाद तिम्सिना ४१ वर्षपछि इलामस्थित जन्मघरमा

इलाम, चैत ८ : ४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिनासुनुवाइ बिताएका इलामको माई नगरपालिका-१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना आज (आइतबार) इलामस्थित आफ्नो घर आइपुगेका छन्।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो। उनी आज बिहान  सवा ९ बजे काँकडभिट्टा आइपुगेका थिए।

गाउँमा दीपक भनेर चिनिने दुर्गाप्रसादले ४१ वर्षपछि जन्मघर टेकेका हुन् । काँकडभिट्टा आइपुगेपछि आमालाई भेट्न आतुर रहेको प्रतिक्रिया दिएका उनले ८६ वर्षीया आमा मनमायालाई भेट्नासाथ आफूले ल्याएको लड्डु दिए तर केही बोलेनन् ।

छोरो नबोलेपछि मनमायाले नै उनलाई बोलाएकी थिइन्। कमाउन हिँडेको छोरो नआएपछि कति धेरै खोजेको, आज ४१ वर्षपछि भेट हुँदा निकै खुसी लागेको मनमायाले बताइन्। उनले छोरालाई घरसम्म ल्यमइपुर्याएकोमा भजिता प्रकाशचन्दलाई स्याबासी दिइन्। 

कोलकाताबाट भाइ प्रकाशचन्द्र तिम्सिना, विश्व सेवा विस्तार नामक उद्धार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र पत्रकारहरु पर्वत पोर्तेल र चिरञ्जीवी घिमिरेले उनलाई लिएर आएका हुन्।

अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा ६/६ महिनामा उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको प्रकाशचन्द्रले बताए। उनको मुद्दाको अन्तिम फैसला भइनसकेको उनले जानकारी दिए।

बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरा दुर्गाप्रसादले माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम लिएका थिए। हाल बुवा र माइला भाइको निधन भइसकेको छ । घरमा आमा, कान्छो भाइ र बहिनी उनलाई व्यग्रतापूर्वक पर्खिरहेका थिए।

सन् १९८० मा एक महिलाको हत्या अभियोगमा दार्जिलिङबाट पक्राउ परेको भनिए पनि उनीमाथिको यो आरोप प्रमाणित भने भएको छैन। शनिबार जेलबाट छुटेलगत्तै उनले आफू निर्दोष रहेको बताएका थिए ।

प्रकाशित मिति: १७:१३ बजे, आइतबार, चैत ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्