ओली लोकतान्त्रिक गणतन्त्र नाश गर्न चाहने पात्रहरुकाे प्रतिनिधि : प्रचण्ड
काठमाडौं, चैत ८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्र नाश गर्न चाहने पात्रहरुकाे प्रतिनिधि...
काठमाडौं, चैत ८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्र नाश गर्न चाहने पात्रहरुकाे प्रतिनिधि भएकाे आराेप लगाएका छन्।
५६औं अन्तर्राष्ट्रिय जाति भेद उन्मूलन दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली २०/२५ वर्षदेखि विदेशीबाट पालितपोषित भएको आरोप पनि लगाए।
आफू संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने धार भएको उल्लेख गर्दै प्रचण्डले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता सिध्याउन ओलीलाई अघि बढाएको दाबी गरे।
उनले ओलीले गणतन्त्र, संघीयता र समावेशिता सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादी, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्नेहरूको प्रतिनिधित्व गरेको आरोप लगाए।
ओलीजस्ता पात्रहरूमा समय घर्किसकेको हुँदा दलितहरु पनि थाकिसकेको, आदिवासीहरु पनि थाकिसकेको हुँदा उनीहरूसशक्त रुपमा सडकमा आउने स्थिति नभएको भन्ने बुझाइ विकसित भएको उल्लेख गरे।











