Kathmandu Press

भारतमा कोरोना संक्रमण तिव्ररुपमा फैलिँदै, एकैदिन ४४ हजार नयाँ संक्रमित थपिए

काठमाडौं, चैत ८ : भारतमा कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ। पछिल्लो २४ घण्टामा भरातमा ४४ हजार जना संक्रमित थपिएका छन्। शनिबार मात्रै भारतमा...
भारतमा कोरोना संक्रमण तिव्ररुपमा फैलिँदै, एकैदिन ४४ हजार नयाँ संक्रमित थपिए

काठमाडौं, चैत ८ : भारतमा कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ। पछिल्लो २४ घण्टामा भरातमा ४४ हजार जना संक्रमित थपिएका छन्। शनिबार मात्रै भारतमा ४३ हजार आठ सय ४६ जना संक्रमित थपिएका हुन्।

निको हुनेभन्दा संक्रमितको संख्या बढेका भारतमा सक्रिय संक्रमतिको संख्या पनि बढेको छ। शनिबार २२ हजार नौं सय ५६ जना कोरोना संक्रमण मुक्त भएका छन्।

अहिले भारतमा एक करोड १५ लाख ९९ हजार एक सय ३० जना संक्रमित भएका छन्। शनिबार एक सय ९७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ५९ हजार सात ५५ जना पुगेको छ।

भारतका महाराष्ट्र, पञ्जाव, मध्यप्रदेश, र गुजरातमा संक्रमणको तीव्ररुपमा फैलिएको छ। महाराष्ट्रमा शनिबार २६ हजार एक सय २६ जनामा संक्रमण देखिएको थियो भने गुजरात र पञ्जावमा १५ हजार ६५ जना संक्रमति देखिए । यस्तै, मध्यप्रदेशमा १३ हजार आठ जना नयाँ संक्रमित थपिए।

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्