Kathmandu Press

वाईसीएलले आगामी जेठमा राष्ट्रिय भेला गर्ने

काठमाडौं, चैत ८ : माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले आगामी जेठमा राष्ट्रिय भेला  गर्ने भएको छ।चैत ४ र ५...
वाईसीएलले आगामी जेठमा राष्ट्रिय भेला गर्ने

काठमाडौं, चैत ८ : माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले आगामी जेठमा राष्ट्रिय भेला  गर्ने भएको छ।

चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएल केन्द्रीय समिति बैठकले २०७८ जेठ २८ देखि ३० सम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको हो। त्यसका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाबाट प्रतिनिधि छनोट गरिने पनि वाईसीएलले जनाएको छ।

सोही बैठकले हरेक निर्वाचन क्षेत्रमा हजार जनाका दरले चैतभित्रै सदस्यता विस्तार गर्ने भएको छ। यसरी देशभर १ लाख ६५ हजार सदस्य थपिनेछ। त्यसैगरी आफूमातहत हालसम्म रहेका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय पनि गरिएको छ।

केन्द्रीय समिति बैठकले आफ्नो संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १६१ सदस्यीय बनाउने निर्णय पनि गरेको छ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । त्यसपछि विभिन्न राजनीतिक गतिविधि गर्दै आएको माओवादी केन्द्रले वाईसीएललाई पनि ब्युँताएको थियो। 

प्रकाशित मिति: १५:४५ बजे, आइतबार, चैत ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्