Kathmandu Press

एमाले युवा संघमा नरेशकुमार शाही नेतृत्वको समानान्तर कमिटी

काठमाडौं, चैत ८ : एमालेमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएका छन्।फागुन २८ गते प्रधानमन्त्री एवं...
एमाले युवा संघमा नरेशकुमार शाही नेतृत्वको समानान्तर कमिटी
नरेशकुमार शाही

काठमाडौं, चैत ८ : एमालेमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएका छन्।

फागुन २८ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखेर एकपक्षीय ढंगले नेपाल–खनाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि समानान्तर कमिटी निर्माण अभ्यास थालिएको थियो।

ओलीको कदमलाई स्वेच्छाचारी भएको निष्कर्ष निकाल्दै चैत ४ र ५ गते नेपाल–खनाल समूहले ललितपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो।
सो समूहको महिला भेलाले शुक्रबार जयन्ती राईको नेतृत्वमा समानान्तर कमिटीका रूपमा अनेमसंघ गठन गरेको छ भने शनिबार राजधानीमा भेला भएका युवाहरूले छुट्टै युवा संघ पनि बनाएको छ । ओली समूहले पनि २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेको थियो।

युवासंघको नवगठित समानान्तर कमिटीमा नरेशकुमार शाहीले नेतृत्व गरेका छन्। सो कमिटीमा क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जीएम महासचिव चुनिएका छन्। आठजना उपाक्ष्यक्षमा हिमाल लिम्बू, कृष्णकुमार विश्वकर्मा, पूर्ण लामा, कृष्णहरि केसी, नितेश पौडेल, मुना शर्मा, निरञ्जन झा, प्रकाश रोकाया छन्। उक्त कमिटीमा आठ जना उपमहासचिव, २९ जना सचिव मात्रै छन्। 

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, चैत ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्