Kathmandu Press

एमालेमा लागेका नेतालाई औपचारिक रूपमै कारबाही गर्ने माओवादी केन्द्रको तयारी

काठमाडौ‌, चैत ८ : माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका र हाल मन्त्री रहेका केही नेतालाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ। एकदुई दिनमै...
एमालेमा लागेका नेतालाई औपचारिक रूपमै कारबाही गर्ने माओवादी केन्द्रको तयारी

काठमाडौ‌, चैत ८ : माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका र हाल मन्त्री रहेका केही नेतालाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ। एकदुई दिनमै केन्द्रीय कमिटी बैठक राखेर कारबाहीको औपचारिक निर्णय गरिने सोही पार्टीका एक नेताले जनाए। पार्टी छाडेर गएकाहरू नफर्किने निश्चित भएकाले उनीहरुको संसद सदस्यता नै खारेज गर्ने निर्णय गर्न लागेको उनको भनाइ छ।   

नेकपा रहँदा माओवादी केन्द्र पृष्ठभूमि भएका केही मन्त्री प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएका थिए। सर्वोच्च अदालतको फैसलासँगै नेकपा भंग भएर एमाले र माओवादी केन्द्र ब्युँतँदा पनि आफ्नो पार्टीमा नफर्किएर ओलीकै पक्षमा रहेका मन्त्रीहरुलाई कारबाही गर्ने भनिँदै आए पनि औपचारिक प्रक्रिया केही गरिएको छैन। आफ्नो पार्टीमा फर्किन गरिएको आव्हानको कुनै जबाफ नआएपछि कारबाही प्रक्रियामा जान लागिएको अर्का एक नेताले बताए।

नेकपा अस्तित्वमा रहेको अवस्थामा माओवादी केन्द्र पृष्ठभूमिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्ट ओलीको पक्षमा खुलेर लागेका थिए। ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई असंवैधानिक भन्दै केही मन्त्रीले राजीनामा दिएपछि रिक्त भएका मन्त्री थप र फेरबदल गरिएको थियो। त्यसक्रममा माओवादी केन्द्र पृष्ठभूमि भएका टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलाई मन्त्री बनाएका थिए।

फागुन २३ गते सर्वोच्चले एकीकरण बदर गरेर एमाले र माओवादी केन्द्रलाई साबिककै स्थानमा पु¥याएपछि ती मन्त्रीहरूले आफ्नो सांसद पद गुमे पनि माओवादी केन्द्रमा नफर्कने बताएका थिए। 

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, चैत ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्