Kathmandu Press

सिड्नीमा भरी वर्षा, जोखिममा रहेको बस्ती खाली गर्न आदेश

सिड्नीमा भरी वर्षा, जोखिममा रहेको बस्ती खाली गर्न आदेश

काठमाडौं, चैत ८ : अस्ट्रेलियाको सिड्नीमा निरन्तर मुसलधारे वर्षा भएको छ । भारी वर्षाका कारण सिड्नीका केही बस्तीहरु जोखिममा परेका छन् ।

भारी वर्षपछि आएको बाढीको कारण जोखिमका रहेका सिड्नीको तटीय क्षेत्रका बस्ती खाली गर्न प्रशासनले आदेश दिएको छ। ती क्षेत्रका प्रहरीले मानिसहरूको उद्धार पनि गरेको छ।

सिड्नीमा पछिल्लो १२ घण्टामा एक सय मिलिमिटरभन्दा बढी पानी परेको छ । लगातार भारी वर्षा भएपछि अधिकारीहरुले ठूलो बाढी र आँधिबेरी आउने चेतावनी दिएका छन्।

प्रशासनले मानिसहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । वर्षाका कारण सिड्नीका मुख्य सडकहरू बन्द हुदाँ यातायात ठप्प छ ।

प्रकाशित मिति: १३:३३ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्