Kathmandu Press

महिला हिंसासम्बन्धी युरोपेली सन्धिबाट टर्कीले हात झिक्यो

काठमाडौं, चैत ८ : टर्कीले महिला संरक्षणका लागि बनाइएको अन्तर्राष्ट्रिय सम्झौता (सन्धि) बाट झिकेको छ।  त्यहाँका राष्ट्रपति तायिप एर्दोगनले शनिबार युरोपेली सम्झौता (सन्धि) बाट...
महिला हिंसासम्बन्धी युरोपेली सन्धिबाट टर्कीले हात झिक्यो

काठमाडौं, चैत ८ : टर्कीले महिला संरक्षणका लागि बनाइएको अन्तर्राष्ट्रिय सम्झौता (सन्धि) बाट हात झिकेको छ।  त्यहाँका राष्ट्रपति तायिप एर्दोगनले शनिबार युरोपेली सम्झौता (सन्धि) बाट हात झिकेका हुन्।
 
महिला संरक्षणका लागि बनाइएको अन्तर्राष्ट्रिय सम्झौता (सन्धि) आवश्यक ठान्नेहरूले राष्ट्रपतिको साे कदमको विरोध र आलोचना गरेका छन् । राष्ट्रपतिको कदमविरुद्ध  विरोध प्रदर्शनहरु भएका छन्।
 
काउन्सिल अफ युरोप सम्झौता (जसलाई इस्तानबुल कन्भेन्सन पनि भनिन्छ) ले घरेलु हिंसा रोक्ने, मुद्दा चलाउने, अन्त्य गर्ने र समानता बढाउने प्रतिबद्धता जनाएको छ। टर्कीले सन् २०११ मा यो सम्झौता हस्ताक्षर गरेको थियो । तर पछिल्ला वर्षहरुमा महिला आत्महत्या घटना टर्कीमा बढेको छ ।

सरकारको विज्ञप्तिमा सम्झौता फिर्ता लिने कुनै कारण प्रस्ट पारिएको छैन । तर शीर्ष सरकारी अधिकारीले अन्य कानुनले भन्दा घरेलु हिंसासम्बन्धी कानुनले महिलाको अधिकार रक्षा गर्ने बताए।

प्रकाशित मिति: १२:२७ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्